एक व्यक्तिको मृत्यु भएसँगै उत्तर कोरियाको केसोङ सहर सिल



एजेन्सी ।

उत्तर कोरियाको केसोङ सहरमा कोरोना संक्रमणबाट एक जना मानिसको मृत्यु भएपछि पूरै शहर सिल गरिएको छ ।

उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियाको सिमाना नजिकको केसोङ सहर सिल गर्ने आदेश दिएका छन् । मृतकमा कोरोना भाइरसका लक्षणहरू देखापरेको थियो । ‘डरलाग्दो भाइरस’ प्रवेश गरेको हुनसक्ने बताउदै सो सहर पूरै सिल गरिएको छ । कोरियाली सेन्ट्रल न्यूज एजेन्सीका अनुसार ती मानिस सीमाबाट भागेर उत्तर कोरिया प्रवेश गरेको हुनसक्ने बताइएको छ ।

हाल सोङ सहरमा २ लाख मानिसको बसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्