मस्तै मस्त सार्वजनिक



गायक गायिका सनिश श्रेष्ठ र निलिमा थापा मगरद्वारा स्वरबद्व गीत मस्तै मस्तै हालै सार्वजनिक गरिएको छ। कृष्ण केसीको शब्द, सुवाश भुषालको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा स्वस्तिमा खड्का र रञ्जीत पौडेललाई फिचरिङ गरिएको छ। गीतजस्तै यसको म्युजिक भिडियो पनि राम्रो बनेको छ।
अनिल केसीको प्रस्तुति रहेको म्युजिक भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ। गीतको भिडियो आप्नो मन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्