मोटेहरुकालागि दुखद खवर



लन्डन । बेलायती बिज्ञहरुले कोरोना भाइरस अत्याधिक मोटा मानिसहरुमा छिटो लाग्ने र उनीहरुको मृत्यु हुने संभावना बढी रहेको बताएका छन । मोटा मानिसहरुमा प्रतिरोध क्षमता कम हुने भएकाले कोरोना भाइरसले छिट्टै आक्रमण गर्ने र उनीहरुको मृत्युदर पनि बढी रहेको बताएका छन ।
बेलायतको स्वास्थ्य बिभागको पब्लिक हेल्थ एजेन्सीले मोटा मानिसहरुमा संक्रमण छिटो लाग्ने उनीहरुकालागि अस्पताल तत्कालै आवश्यक पर्ने र अस्पतालमा पनि उनीहरुकालागि भेन्टिलेटर र आइसियुको आवश्यकता पर्ने पनि उल्लेख गरिएको छ ।
पब्लिक हेल्थ एजेन्सीका प्रमुख डा.एलिसन टेडस्टनले बढी तौल भएका ब्यक्तिमा कोरोना संक्रमण छिटो फैलनुका साथै मृत्यु दर पनि सामान्य तौल भएका अन्य बिरामीको तुलनामा बढी रहेको अध्ययनले देखाएको बताएका छन ।
उनले संसासभरका मोटा मानिसहरुलाई तौल घटाउन पनि सुझाव दिएका छन ।
युरोपेली देश मध्ये बेलायमा धेरै मोटा मानिसहरु रहेका छन । बेलायमा बयश्क देखि माथिका दुई तिहाई मोटापन भएका ब्यक्ति रहेका छन ।

प्रतिक्रिया दिनुहोस्