राप्रपाका सुनिल थापासहितका ३१ नेताको राजीनामाः थापाकाे टाेली काग्रेस प्रवेश गर्दै



न्युज अफ नेपाल, काठमाडौं ।
पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले सामूहिक राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल थापासहित ३१ जनाले सामूहिक राजीनामा दिएको हुन् ।

राजीनामा दिनेमा थापासहित केन्द्रीय नेताहरु विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई,आशाराम चौधरी,चन्द्र कुमार घुण्डे गुरुङ,श्रीमती राज्य लक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा,राम पदारथ शाह, बिरेन्द्र लाल कण, नारायण राउत रहेका छन् ।

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

भागबण्डा मिलाएर पार्टी एकतापछि पनि त्यही अस्पष्ट दृष्टिकोण कायम छ रहेको एकतापछिको सचिवालय कार्य व्यवस्था समिति सहित विभिन्न निकायको गठनमा समावेशीतालाई पुरै वेवास्ता गरिएको थापा पक्षको आरोप छ । स्रोतका अनुसार काग्रेसका सभापति शेर बहादुर देउवासँग वार्ता मिलेपछि राजिनामा दिएका थापा सहित कांग्रेसमा प्रवेश गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्