साम्राज्ञीविरुद्ध भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा हाले


न्युज अफ नेपाल, काठमाडौँ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्‍मी शाहले आफूविरुद्ध झुटो आरोप लगाएको बताउदै अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका छन् ।

केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् । मुद्दा दर्ता भइसकेको र छानबिन प्रक्रिया अघि बढाइएको जनाइएको छ । यसअघि अभिनेता केसीले चलचित्र कलाकार संघमा समेत सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै उजुरी दिएका थिए ।

यस्तै, सामाग्रीकी आमा नेहा राज्यलक्ष्मी शाहले भने आफूहरुलाई मुद्दाबारे कुनै औपचारिक जानकारी नआएको बताएकी छन् ।

साम्राज्ञीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै केसीले आफुमाथि दुर्व्यवहार गरेको बताएकी थइन् । सो भिडियो सार्वजनिक भएसँगै केसीले उक्त कुराको खण्डन गर्दै आएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।