साक्षी राखेर भगवानलाई



गीत लेखेरै १५ विश्व रेकर्ड राखेको गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत साक्षी राखेर भगवान्लाई हालै सार्वजनिक गरिएको छ। राज सागरको स्वर तथा संगीत रहेको गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।

गीतको भिडियो सुभाष प्रधानले निर्देशन गरेका हुन्। भिडियोमा मनोज ओली र समिया कार्कीको अनस्क्रिन रोमान्स छ। डम्बर राईको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो गीतकार उपाध्यायकै डीआर म्युजिक एन्ड क्रिएसनमार्फत सार्वजनिक गरिएको छ।

अहिलेसम्म १९ एल्बममार्फत सयौं गीत–संगीत सार्वजनिक गरेका गीतकार उपाध्यायको दश उपन्यास पाठकमाझ आएका छन्।

प्रतिक्रिया दिनुहोस्