दीपिकाको पारिश्रमिक २० करोड



बलिउड नायिका दीपिका पादुकोण र साउथ इन्डियन सुपरस्‍टार प्रभाष एउटै फिल्ममा देखिने भएका छन्। यो जोडीलाई एकसाथ लिँदै छन् नाग अश्विनले। नाग एक साइन्स फिक्‍सन फिल्‍म बनाउँदै छन्। जसमा बाहुबली स्टार प्रभाष र दीपिका हुनेछन्। यो फिल्मका साथ दीपिका तेलुगु फिल्ममा डेब्‍यु गर्दै छिन् भने यो फिल्म प्रभाषको २०औं फिल्म हुनेछ।

जी न्युजका अनुसार यो फिल्ममा साइन गरेसँगै दीपिकाले कमाइको मामलामा एउटा इतिहास कायम गरेकी छिन्। एक खबरका अनुसार निर्माताहरूले यो फिल्मका लागि प्रभाषलाई ५० करोड भारति रुपियाँ भुक्तान गरेका छन् भने दीपिकाले यसमा २० करोड भारतीय रुपियाँमा साइन गरेकी छिन्। यो राशीको पारिश्रमिकसँगै अब दीपिका भारतीय सिनेमाको इतिहासमै सबैभन्दा बडी कमाइ गर्ने नायिका भएकी छिन्।

प्रभाष र दीपिकालाई फिल्मका लागि साइन गरिसकिए पनि यसको नाम जुराइनसकिएको समाचारमा उल्लेख छ। तेलुगु फिल्म निर्माण गर्ने सबैभन्दा ठूलो कम्पनी वैजयन्ती मुभिज यो विशेष भेन्चरका साथ ५० सालको यात्रा तय गर्दै छ।

यो ठूलो बजटको फिल्म हुने र धेरै भाषामा रिलिज गरिने समाचारमा जनाइएको छ। दीपिका अन्तिमपटक उनको होम प्रोडक्सनको फिल्म छपाकमा देखिएकी थिइन्। यो फिल्मलाई लिएर दीपिकाको प्रशंषा भएको थियो। तर बक्स अफिसमा भने त्यसले राम्रो कमाइ गर्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्