प्रमिलाले ल्याइन् तीज गीत



हिन्दू नारीको चाड तीज नजिकिँदै जाँदा यससम्बन्धी गीत र म्युजिक भिडियो पनि धमाधम बजारमा आउन थालेका छन्। यसै क्रममा गायिका प्रमिला खत्रीको तीज गीत माइतीघर के छ र मेरो सार्वजनिक गरिएको छ।

गीतमा प्रमिला खत्रीको स्वरसँगै शब्द र संगीत पनि रहेको छ। दीपक पन्तको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा रोशन भाटको सम्पादन र वीरेन्द्र भाट ‘विपीन’को सम्पादन रहेको छ। गीतको भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कँडेल, मायादेवी खत्री, सुष्मा अधिकारी, अनु पहरीलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्