३ चिनियाँ नागरिक अमेरिकाबाट पक्राउ



एजेन्सी।

भिसामा गलत विवरण लेखेको आरोपमा अमेरिकाले तीनजना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । अर्का एक जना  सानफ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा रहेकी एक महिलालाई पनि पक्राउ गर्ने तयारी अमेरिकाले गरेको छ ।

पक्राउ परेकाहरुले चिनियाँ सेनाका सदस्य भएको भनेर झूठ बोलेका छन् । अमेरिकी संस्था एफबीआईले अमेरिकाका २५ शहरका धेरै व्यक्तिहरुलाई सोधपुछ गर्दा उनीहरुको चिनियाँ सेनासँग अघोषित सम्बन्ध रहेको पाइएकाले पक्राउ गरिएकाे अमेरिकी न्याय विभागले जनाएकाे छ  ।

चीन सरकारले गोप्यरुपमा आफ्ना सेनाका वैज्ञानिकहरुलाई अमेरिका पठाउँछ र पक्राउ परेकाहरु पनि त्यही योजनाअनुसार अमेरिका आएका भन्दै अमेरिकाकाे न्याय विभागका वकिल जोन सी डेमर्सले विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘चिनियाँ सेनाका सदस्य रिसर्च भिसाका लागि आवेदन दिन्छन् र आफ्नो वास्तविक पहिचान लुकाउँछन् । यो हाम्रो खुला समाज र हाम्रो शिक्षण संस्थाबाट फाइदा उठाउने चिनियाँ कम्युनिष्ट पार्टीको योजनाको एक अर्को हिस्सा हो ।’

 

 

प्रतिक्रिया दिनुहोस्