अमिताभको स्वाब परीक्षणमा कोरोना नेगेटिभ

ऐश्वर्या र आराध्याको रिपोर्ट आउन बाँकी



न्युज अफ नेपाल, मुम्बाई ।

१२ दिनदेखि मुम्बाईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराईरहेका बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो रिपोर्ट कोरोना भाइरस नेगेटिभ आएको छ ।

पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । उनलाई आज साँझसम्म डिस्चार्ज गरिनेछ । उनीसँगै पारिवारका सदस्यहरु ऐश्वर्या राय र आराध्यामा पनि कोरोना देखिएपछि अस्पतालको आइसोलेसनमा राखि उपचार गराईरहेका छन् । यतिबेलासम्म ऐश्वर्या र आराध्याको रिपोर्ट आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्