कमलाले ल्याइन् तरंग



गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग सार्वजनिक भएको छ। लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार न्यौपाने पेसाले नर्स हुन्।

उनको एल्बम तरंगमा गीतकार तथा संगीतकार येदिन गजमेरले एकल संगीत दिएका छन्। जसमा रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, मेलिना राई, अनुप रेग्मी, बानिका प्रधानलगायतका गायक–गायिकाको स्वर रहेको छ।

एल्बम लोकार्पणको अवसरमा बोल्दै उनले तरंग एल्बम मानिसका जीवनमा आइपर्ने सुख–दुःख, आरोह–अवरोह, हाँसो–रोदन, मिलन–विछोड, प्रेम–त्यागको संगम भएको दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस्