१६ गायक–गायिकाको एउटै स्वर मेरो देश नेपाल



१६ लोकप्रिय गायक गायिकाद्वारा स्वरबद्ध देशभक्ति गीत मेरो देश नेपाल म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।
योे गीत गायक–गायीकाहरू राजेशपायल राई, प्रमोद खरेल, राज सिग्देल, अर्जुन पोखरेल, राजु परियार, मेलिना राई, कृष्ण काफ्ले, अनिता चलाउने, बुद्ध लामा, निशान भट्टराई, किरण भुजेल, अस्मिता अधिकारी, प्रवीण बेडवाल, समीक्षा अधिकारीलगायतले गाएका छन्। म्युजिक भिडियो विधान कार्कीले निर्देशन गरेका छन्।

विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल बोलको गीतको भिडियोमा रुविना अधिकारीका साथ सबैले गायक–गायिकाले अभिनय गरेका छन्। गायिका अनिता चलाउनेको प्रस्तुतिमा डिभाइन म्युजिक तथा नेपसिनेको सहकार्यमा गीतको भिडियो तयार पारिएको हो।

गीतमा संगीतकार अर्जुन पोख्ररेलले संगीत भरेका छन् भने अम्बिका शर्माको शब्द रहेको छ। राष्ट्रिय भावना समेटिएकोे गीतको भिडियो उत्सव दाहालले छायांकन र विकास दाहालले सम्पादन गरेका छन्। गीतले राष्ट्रियताको आवाज बोलेको निर्देशक कार्कीले बताए। ‘नेपालीको दैनिकी र यसको सेरफोरो रहेको गीतको भिडियोमार्फत देशको माया जगाएको छ।’ –निर्देशक कार्की भन्छन्।

प्रतिक्रिया दिनुहोस्