अर्को मुनामदन सार्वजनिक



महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति मुनामदनको कल्पनामा दर्जनौं गीत बनेका छन्। त्यसमा थपिएको छ अर्को गीत तिमी मुना म मदन।

हालै सार्वजनिक यो गीतमा रविन राईको स्वर, सुरेश राईको शब्द र संगीत रहेको छ। एरेन्ज रिकेश गुरुङले गरेका छन्। गीतमाथि रोमान्टिक म्युजिक भिडियो पनि निर्माण गरिएको छ। दिकता नगरकोटी र जीवन आर्चायलाई फिचरिङ गरिएको म्युजिक भिडियो प्रकाश धितालले निर्देशन गरेका छन्।

यस्तै उत्सव दाहालको छायांकन, दिन्सोन शाहको सम्पादन र केशवराज भट्टको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्