तीजलाई ढल्केर नाचेको



तीज आउनु महिनौंअघिदेखि नै बज्न थालेका तीज गीतले साउन महिना लागेसँगै थप गति लिएको छ। तीज नजिकिँदै जाँदा दिनहुँजसो तीजका गीत सार्वजानिक हुन थालेका छन्।

त्यस्तै गीतको भिडमा नारायण रायमाझीको शब्द र संगीतमा मै छोरी ढल्केर नाचेको बोलको तीज गीत सार्वजनिक गरिएको छ ।

शान्ति भट्टको एकल स्वर रहेको गीतमाथि म्युजिक भिडियो पनि बनेको छ। भिडियोको निर्देशन उदिराम खड्काले गरेका छन् भने भिडियोमा बिन्दु खड्का, मिरा खड्का, प्रतिमा कँडेललगायतको नृत्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्