रुँदा रुँदै हाँसेको मान्छे



एक पल पनि नसम्झने, त्यो माया मरेर के भो र,
बिछोडको बेला दुई थोपा आँसु, झरेर के भो र?
यही स्थायी छिचोल्दै बनेको गीतमा संयोजित शब्द जस्तै संगीत, गायन र एरेजमेन्टको पनि सुन्दर तादम्यता रहेको पाइन्छ। यस गीतसँगै आधुनिक गायनमा मीठो गला खुलाउने खोटाङका युवा गायक सागर संसार राईको प्रशंसा छोटो समयमा नै थप उकालिएको छ।

भिडियोसहित हालै मात्र सार्वजानिक भए पनि यो गीतमार्फत २०७२ सालमा रेडियो नेपालले आयोजना गरेको खुला राष्ट्रव्यापी गायन प्रतियोगितामा गायक सागरले दोस्रो स्थान बनाएका थिए। गोपालचन्द्र राईको शब्द तथा विक्रम राईको संगीतमा सजिएको रुँदा–रुँदै हाँसेको मान्छे बोलको गीत केही दिनअघि सार्वजनिक भएको हो। गीत सार्वजनिक भएसँगै उनको प्रशंसा भएको छ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजानिक रुँदा–रुँदैको म्युजिक भिडियोमा लक्ष्मी वर्देवा र जीवन भट्टराईले अभिनय गरेका छन्। कलाकारद्वयकै निर्देशनमा निर्मित भिडियोका लागि बुद्ध थापाको क्यामेरा र विष्णु खड्काको सम्पादन रहेको छ। गीतकार गोपालचन्द्रकै पहलमा निर्माण भएको गीति भिडियोको मास्टरिङ भने राजु कार्कीले गरेका हुन्।

सागरको स्वरमा रहेको यो गीतवाट स्थापित तथा पुराना गायरुको तिर्सना  मेट्न सकिने खोटाङका गायक देवकुमार राईले जनाए। यस सदाबहार गीतलाई पा्रयः सबै उमरे समहू का सगंीतपमे्रीहरूले कुनै पनि माध्यमबाट सुिनरहको संगीतपारखी सुनाउँछन्।

यसअघि पनि गायनमा अब्बल बनी देशविदेशका विभिन्न स्टेजमा वाहवाही पाइसकेका सागरले २०७१ सालमा पनि रेडियो नेपालकै गायन प्िर तयाेि गतामा दोस्रो स्थान बनाएका थिए। राइले पेम्र गीत नामक फिल्मको कभर गीत प्रितयाेिगता, सुिम्नमा कल्चर एकडेमीले  वषर्नेी आयाजे ना गर्दै आएको यलम्बर सगंीत प्रतियाेगताका  दोस्राे शखृं लालगायतका गायन प्रतियाेगितामा प्रथम उपाधि चुमिसकेका छन।

उनका  स्वरमा दर्जर्नाैं गीत रेकर्ड भई चर्चासमेत पाउँदै आएका छन्। सागरको स्वरमा रेकर्ड भई पमे्र गीत–२ मा समावशे न त हास्न नै सकें न त रुन नै सकें बोलको गीत अझै पनि चर्चामा छ। यस्तै, कता कता देखे जस्तो, गगनचुम्बी टेम्के तिमीलाई मनको कुरा, वर्ष दिनको, डुबेर शंका नगर, के भयो सानु, चरी जुरेली, बग्न खोज्दालगायतका गीत स्रोता तथा दर्शकले रुचाएका छन्।

प्रतिक्रिया दिनुहोस्