सुशान्तले सुन्न छोडेका थिए डक्टरको सल्लाह



बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा मुम्बई पुलिसले तीन मनोचिकित्सक र एक मनोवैज्ञानिकका बयान दर्ता गराएको छ। जी न्यूजले मुम्बई पुलिसलाई उद्धृत गर्दै सुशान्त सिंहले नोभेम्बर २०१९ देखि उपचार लिइरहेको जनाएको छ।

यसपश्चात् प्रहरीलाई नै आश्चार्यचकित बनाउने जानकारी आइरहेको समाचारमा चर्चा गरिएको छ। मुम्बइ पुिलसकाे सत्रू लाइ उद्धृत गर्दै समाचारमा जनाइएअनुसार एक मनोचिकित्सकले सुशान्त बाइपोलर डसअर्डरका बिमारी थिए। जब कि अरू डाक्टरका अनुसार सुशान्तको जीवन अत्यन्त तनावमा बितिरहेको थियो।

तर त्यो तनावको कारण के थियो भन्ने सवालको जवाफ कुनै डाक्टरले दिन नसकेको समाचारमा उल्लेख छ। डाक्टरहरूको यिनै जवाफका कारण प्रहरी अन्योलमा परेको छ। विज्ञानको भाषामा बाइपोलर डिसअर्डर एउटा यस्तो मानसिक बिमारी हाे, जसमा बिमारीकाे व्यवहारमा दतू्र गतिमा धेरै बदलाव आउने गर्छ। यस्ता बिरामीको मनमा भावनात्मकरूपमा अत्यन्त छिटोछिटो उथल पुथल हुने गर्छ। प्रहरीले सुशान्तको उपचारमा संलग्न डाक्टरको समेत बयान लिएको छ। डाक्टरहरूका अनुसार सुशान्त सिंहलाई आप्mनो उपचार गर्न े डाक्टरका े समते विश्वास थिएन।

यस  कारण उनी प्रत्येक डाक्टरकहाँ उपचारका लागि बढीमा २/३ पटकमात्र पुग्ने गरेका थिए। एक डाक्टरकहाँ २÷३ दिन गएपछि नै उनले डाक्टर बदल्ने गरेको समाचारमा उल्लेख छ। सुशान्तको उपचारमा संलग्न सबै डाक्टरका अनुसार उनी मेडिसिन पनि समयमा सवे न गदर्नै थिए। अन्तिमपटक उनी जुन डाक्टरकहाँ पुगेका थिए, ती डाक्टरले सुशान्तलाई बाइपोलर डिसअर्डरको उपचार गराएका थिए।

लकडाउनका कारण गत अप्रिलमा सुशान्तले डाक्टरकहाँ नगई फोनबाट सल्लाह लिएका थिए। यद्यपि डाक्टरलाई लाग्छ कि बितेको २ या ३ महिनामा सुशान्तले औषधी सेवन गर्नसमेत छोडेका थिए। सुशान्तले डाक्टरबाट पाएको जरुरी सल्लाहको प्रयोग गर्नसमेत छोडेका थिए।

प्रतिक्रिया दिनुहोस्