युवा फर्नान्डेजमाथि तीन क्लबको नजर



लन्डन, (एजेन्सी)
पोर्चुगाली लिगका युवा फुटबलर जोएल्सन फर्नान्डेजमाथि युरोपका तीन प्रमुख क्लबहरूले नजर लगाएका छन्। स्पोर्टिङबाट खेलेका १७ वर्षीय फर्नान्डेजलाई बार्सिलोना, युभेन्टस र आर्सेनलले चासो लिइरहेका हुन्। यीमध्ये इंग्लिस प्रिमियर लिग टोली आर्सेनलले उनलाई ४५ मिलियन युरोमा प्रस्ताव राखेको छ।
खेलाडीका बुबा युसेबियो मान्गो फर्नान्डेजले प्रक्रियामा नजिकबाट नियालिरहेका छन्। तर, जोएल्सनका मेनेजर काया जुराबचिएनको कम्पनी लन्डनमा छ। उनको गनर्स (आर्सेनल) सँग सम्बन्ध पनि राम्रो भएको जनाइएको छ। यदि, प्रस्ताव सकारात्मक भएमा उनले स्पोर्टिङ छाड्न कुनै संकोच हुँदैन ।
जोएल्सनलाई क्रिस्टियानो रोनाल्डो जस्तै बन्ने क्षमता भएको जनाइएको छ। उनलाई अर्को रोनाल्डो भनेर पनि पोर्चुगलमा चर्चित बनाउँदै आइएको छ। उनले पोर्चुगलको यू १५, यू १६ र यू १७ टोलीमा सहभागिता जनाएका छन्। उनको यस सिजनको धेरैजसो समय स्पोर्टिङको यू २३ मा बितिरहेको छ । उनले गत महिना पोर्चुगाली लिगमा डेब्यू गरेका थिए।

प्रतिक्रिया दिनुहोस्