बक्सिङ हललाई ७७ हजार



हेटौंडा, (नेस)
हेटौंडा उपमहानगरपालिका वडा–५ मा निर्माणाधीन बक्सिङ हलका लागि मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरले आर्थिक सहयोग गरेको छ। एकेडेमीले आफ्ना सदस्यबाट संकलन गरेको ७७ हजार ७ सय ७७ रुपियाँ बक्सिङ हलका लागि सहयोग गरेको हो ।

शनिबार मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरले बक्सिङका पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका पिप्ले युवा क्लब अध्यक्ष तथा कभर्डहल निर्माण अभियान अगुवा सुशील घिमिरेलाई रकम हस्तान्तरण गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्