आमिर खान १६ हजार करोडको महाभाारतमा खेल्दै



वलिउड सुपरस्टार आमिर खान अब महाभारतमा देखिने भएका छन्। खानले ठग्स अफ हिन्दुस्तानको सुटिङ सकाएपछि १६ हजार करोडको लागतमा निर्माण हुने पौराणिक कथामा आधारित फिल्म महाभारतमा खेल्ने जि न्युजले जनाएको छ।

यो ऐतिहासिक फिल्ममा आमिरले भगवान कृष्ण वा कौरवको पक्षबाट युद्ध मैदानमा उत्रने कर्णको भुमिकामध्ये एउटा छान्ने समाचारमा उल्लेख छ। कौरवमा हस्तिनापुरका पाँच पाण्डबका सम्पूर्ण गुण भएको मानिन्छ। यो फिल्म वलिउडको इतिहासमा अहिलेसमम्कै सबैभन्दा ठूलो बजेटको हुने जनाइएको छ। बलिउडका ट्रयाकर रमेश बालाले ट्वीट गर्दै भनेका छन्, ‘यो फिल्म निर्माण लगातका आधारमा हलिउडका द लर्ड अफ दि रिंग्स वा द गेम अफ थ्रोन्सजस्ता नामुद फिल्मको कोटीमा पर्ने ।

यसअघि यो फिल्म रिलायनस इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्वानीले सह निर्माण गर्ने बताइएको थियो। विश्वको चासो र आकर्षण केन्द्रित गर्नका लागि यसको स्क्रिप्ट अन्तर्राष्ट्रिय स्तरका लेखकहरुले लेख्ने सञ्चार माध्यमले जनाएका छन्। केहि समय अघि प्रेस ट्रष्ट अफ इन्डियालाई अन्तर्वार्ता दिने क्रममा आमिरले महाभाारतमा आफुलाई मनपर्ने पात्र कर्ण भएको बताएका थिए। तर उनले कृष्णको भुमिका निर्वाह गर्नुपर्ने स्थिती बन्न सक्ने पत्रकारहरले अनुमान गरेका छन्।

आमिरले भनेका छन् , ‘महाभारत आफैंले बनाउने मेरो ठूलो सपना हो। मलाई थाहा छ यस परियोजनाका लागि मैले जीवनको कम्तिमा १५ देखि २० वर्ष खर्च गर्नुपर्ने हुन्छ। मलाइ मनपर्ने पात्र कर्ण हो। तर मेरो शारिरीक बनोटका कारण त्यो भुमिका निर्वाह गर्न पाउनेमा म निश्चित छैन । मैले कृष्णकै चरित्रमा चित्त बुझाउनु पर्ने पनि हुन सक्छ। त्यसैगरी मलाई अर्जुनको चरित्र पनि त्यतिकै मन पर्छ। उनी कृष्णलाई आफ्ने मानिसहरुलाई मार्नुपर्ने कारण सोध्ने एक मात्र व्यक्ति हुन्। ’

आमिरले सिक्रेट सुपरस्टारको प्रमोसनका बेला यस्ता विचार राखेका थिए। ठूलो बजेटको महाभारत बनाउने घोषणा गर्ने वलिउड उद्योग पहिलो भने होइन। यसअघि नै मलयम फिल्म उद्योगले १६ हजार करोडको लागतमा महाभारत बनाउने घोषणा गरेको थियो। त्यसमा भने मलायम सुपरस्टार मोहन लाललाई प्रमुख भुमिका दिइने बताइएको छ। मलायम महाभारतको बजेट बाहुबलीको भन्दा पाँच गुणा बढि हुने पत्रकारहरुको भनाई छ।

प्रतिक्रिया दिनुहोस्