मानबहादुर विश्वकर्मा बने दलित समुदायको पहिलो सचिव


न्युज अफ नेपाल, काठमाडौं ।

मानबहादुर विश्वकर्मा दलित समुदायको पहिलो सचिव बन्नुभएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । यस निर्णय संगै उहाँ दलित समुदायको पहिलो सचिव बन्नुभएको हो ।

पाल्पा साबिकको देउराली गाविसमा जन्मिएका विश्वकर्मा २०४७ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ पछिल्लो समय कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव हुनुहुन्थ्यो । केही महिनाअघि उहाँको युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।