अभिषेक र ऐश्वर्यासहित अमिताभ परिवारलाई नै कोरोना संक्रमण



बलिउडका बिग बी अमिताभ बच्चनको परिवारलाई नै कोरोना संक्रमण भएको छ। बीबीसीको अनलाइन सेवामा जनाइएअनुसार अमिताभ र उनका अभिनेता पुत्र अभिषेक बच्चनपछि उनकी बुहारी अभिनेत्री ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। ऐश्वर्या र आराध्यामा कोरोना पुष्टि भए पनि लक्षण नदेखिएको बीबीसीको समाचारमा जनाइएको छ।

अमिताभले ट्विटर अकाउन्ट र फेसबुक पेजमार्फत शनिबार राती आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए। बच्चनले आफूलाई कोरोना भएकाले पछिल्ला १० दिनमा आफूसँग सम्पर्कमा आएकाहरुलाई पनि कोरोना परीक्षण गर्न सामाजिक सञ्जालमार्पmत आग्रह गरेका थिए। अमिताभ र अभिषेकलाई एकै प्रकारको लक्षण देखिएपछि बच्चन परिवारले कोरोना परीक्षण गराएको थियो।

प्रतिक्रिया दिनुहोस्