अमिताभ बच्चनलाई पनि छाडेन कोरोनाले 



एजेन्सी ।

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार साँझ एक ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

उनलाई हाल मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । अभिनेता बच्चनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरु तथा परिवारका सदस्यहरुमा समेत कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

७७ बर्षीय बच्चन अभिनित चेहरे, ब्रम्हास्त्र र झुण्ड लगायतका चलचित्रहरु रिलिजको तयारीमा छन् । यसअघि बलिउडकी पाश्र्व गायिका कनिका कपुरमा पनि कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्