चिनी कम रंग कडा अमेजनमा



कोरोना संक्रमणबाट हुने कोभिड १९ का कारण लगाइएको लक डाउन र त्यसका कारण हलहरू बन्द रहेपछि फिल्म व्यवासायीले व्यापारको विकल्प खोज्न थालेका छन्। यसै क्रममा चिनी कम रंग कडा नामक फिल्म अमेजन प्राइम भिडियोमार्फत रिलिज भएको छ।

फिल्म हाल अमेरिका र बेलायतमा हेर्न मिल्नेछ। नेपालमा भने केही समयपछि प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ। फिल्मको गीत र टिजर सार्वजनिक भइसकेका छन्। फिल्ममा मानव सुवेदी, सुशील सिटौला, अनु थापा, रवीनजंग थापा, सूर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेललगायतका कलाकारको अभिनय छ।

फिल्मलाई विवेक घिमिरे निर्देशन गरेका छन् भने गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको छ। फिल्ममा मानव सुवेदीको संगीत छ भने सुशील सुवेदीको शब्द रहेको छ। त्यस्तै याचोपो रचलिक र लुका मौचेरीको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्