न्युज अफ नेपाल, काठमाडौँ ।
केही दिन अघि हास्यकलाकार दिपाश्री निरौलाले राजेश हमाल ‘महानायक’ नभएको आशयमा एक अन्तर्वार्ता दिएपछि उनको चौतर्फि आलोचना भएको छ ।
सामाजिक सञ्जालमा उनको व्यापक विरोध गरिएको छ भने निरौला ट्रोलको शिकार समेत भएकी छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले निरौलाका लागि उनका सहकर्मि दीपकराज गिरी नै महानायक भएको भन्दै व्यङ्ग्य प्रहार गरेका छन् ।
‘महानायक’को विवादमा तानिएपछि कलाकार दीपकराज गिरीले पनि जवाफ फर्काएका छन् । आफूलाई जबरजस्ती महानायक बनाइदिएका मानिसहरुलाई धन्यवाद दिँदै उनले लेखेका छन्–‘मेरो बाटो, मेरो लक्ष्य कहिले पनि महानायकको घरतिर मोडिएन । मेरो गल्तीविना नै मलाई जबरजस्ती महानायक बनाउनेहरूलाई धन्यवाद ।’












प्रतिक्रिया