भारतद्वारा गुरुकुल संस्कृत विद्यालय निर्माण



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल – भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत इलामको बरबोटे गाउँमा सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माण गरिएको छ ।

सो गाउँका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र राजदूतावासका पदाधिकारीहद्वारा भिडियो कन्फरेन्स मार्फत सो विद्यालयको उद्घाटन गरेका छन् । सो विद्यालय ३ करोड ११ लाख ३० हजारको लागतमा बनाइएको हो ।

सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा रहेको सो विद्यालयलाई सन् २०१५मा माविमा स्तरोन्नति गरिएको थियो । विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई वैदिक दर्शन र संस्कृत भाषामा पठनपाठन गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्