गायक गायिका नै मोडल



जमाना फेरिएको छ। संगीतकारहरू आफै गीत गाउन थालेका छन्। गायक गायिकाहरू आफै संगीत सिर्जना गर्न थालेका छन्। त्यसभन्दा पनि अगाडि बढेर गायक गायिकाहरू आप्ना गीतको म्युजिक भिडियोमा आपैm मोडलिङ गर्न थालेका छन्।

यसै क्रममा संगीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मिलन नेपालले आफूले गाएको गीतमा आफै मोडलिङ गरेका छन्। राजनराज र मिलनले असार १५ अर्थात् धान दिवसका अवसरमा तयार पारेको गीतको म्युजिक भिडियोमा आपैले मोडलिङ गरेका हुन्।

यी गायकगायिकाले तिमी उता म यता बोलको असार १५ केन्द्रित गीतको म्युजिक भिडियोमा आपैले मोडलिङ गरेका हुन्। गायिका मिलन नेवारले आप्नै गीतको म्युजिक भिडियोमा मोडलिङ गर्न थालेको धेरै भए पनि गायक तथा संगीतकार राजनराज शिवाकोटीले भर्खरै मोडलिङको शुरूआत गरेका हुन्।

गीतमा शब्द र संगीत राजनराज शिवकोटीको रहेको छ भने गायिका मिलन नेवारसँगको युगल गायन रहेको छ। असार १५ लाई केन्द्रित गरी तयार पारिएको गीतको म्युजिक भिडियो केही दिनअघि दक्षिणकालीमा छायांकन गरिएको हो। गीतको म्युजिक भिडियोमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशासहितको भावना व्यक्त गरिएको छ।

भिडियोमा नायकनायिकाको छोरीका रूपमा राजनकी कान्छी छोरी आरिश्मा शिवकोटीले अभिनय गरेकी छिन्। म्युजिक भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका छन्। सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा मिलन र राजनराज शिवाकोटीलाई कलात्मक ढंगमा प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्