श्रीलंकामा एमसीसीको विवाद



न्युज अफ नेपाल, काठमाडौं ।

श्रीलंकामा अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन ‘एमसीसी’ प्रति असहमति प्रकट गरेको छ । नेपालमा पनि एमसीसीबारे विवाद भइरहेका बेला एमसीसी अध्ययन गर्न बनेको समितिले सो सम्झौताका केही बुँदाहरु परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बिहीबार साँझ अध्ययन समितिले श्रीलंकका राष्ट्रपति गोताबाया राजापाक्षेलाई आफ्नो अन्तिम प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो ।
समितिले भनेको छ , ‘एमसीसी कार्यान्वयन गर्ने देशहरूको वर्तमान अवस्था दुःख लाग्दो छ ।’ समितिले एमसीसीबारे आशंका व्यक्त गरेपछि राष्ट्रपतिले उक्त प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

यो सहमति नेपालमा जस्तै श्रीलंकामा पनि पूर्व सरकारको कार्यकालमा सम्झौता गरिएको थियो । तर राजनीतिक विरोधका कारण ढिलाइ भएको थियो । वर्तमान सरकारले यस प्रावधानहरूको अध्ययन गर्न समिति गठन गरेको थियो भने कोलम्बोमा अमेरिकी दूतावासले अगस्टमा हुने संसदीय निर्वाचनपछि यो सम्झौता टुंगिने आशा व्यक्त गरेको थियो । ६ महिना लगाएर अध्ययन गरिएको उक्त सम्झौतामा समितिका प्रमुख ललिथासिरी गुनारुवानले अहिलेकै अवस्थामा सम्झौता कार्यान्वयन गरिए देशका लागि दुखःद हुने चेतावनी दिनुभयो ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्