ललितपुरमा दुई युवामा कोरोना



न्युज अफ नेपाल,ललितपुर।

जिल्लाका थप दुई जना युवाको पिसीआर टेस्ट गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ललितपुर महानगरपालिका ५ लगनखेलका १८ वर्षीय एक युवाको र महालक्ष्मी नगरपालिकाको इमाडोलका ३३ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा असार ८गते गरिएको पीसीआर परीक्षणमा ललितपुर महानगरपालिकाका १८ वर्षीय युवामा कोरोना संक्रमण पोजेटिभ देखिएको र उनलाई हाल पाटन अस्पतालको आईसोलेसनमा राखिएको बताईएको छ। ती युवाको कन्ट्याक्ट ट्रेसिंगको काम भईरहेको बुझिएको छ ।

इमाडोल  का युवामा पनि कोरोना पोजेटिभ देखिएको हो। उनको स्थायी घर डोटी भएको र सम्पूर्ण व्यक्तिगत तथा पारिवारिक विवरणहरु संकलन गर्ने काम भईरहेको बताईएको छ। उनलाई पनि पाटन अस्पतालकै कोभिड वार्डमै भर्ना गरिएको छ।

सङ्क्रमण पुष्टि भएका दुवै जनाको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराईएको भए पनि यसबारेमा मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनमा जानकारी दिने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्