प्रहरी नै लागू औषध सेवन र बिक्रीकर्ता



न्युज अफ नेपाल, काठमाडौं ।

महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्र शाहीलाई पक्राउ गरिएको छ ।

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा उनलाई लागूऔषध नियन्त्रण व्यूरोले आज नियन्त्रणमा लिएको हो ।
बुधबार पेप्सीकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान गर्दै जाँदा इन्स्पेक्टर शाहीसँग कनेक्सन जोडिएको पाइएको छ ।

प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतल बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद भएको थियो ।
व्यूरोले आज बिहान मात्र ललितपुर परिसरलाई इन्स्पेक्टर शाहीलाई व्यूरो पठाइदिन भनेको थियो । परिसरले शाहीलाई व्यूरो पठाएको थियो । व्यूरोले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।२० दिनअघिसम्म इन्स्पेक्टर शाही प्रहरी वृत्त सातदोबाटोमा कार्यरत थिए । उनको व्यवहार आपत्तिजनक भएको व्यापक जनगुनासो आएपछि उनलाई परिसर तानिएको थियो ।

प्रहरी स्रोतका अनुसार, इन्स्पेक्टर शाही लागूऔषध सेवनकर्ता हुन् । डिउटीमै लागूऔषध सेवन गरेर सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको पाइएपछि उनलाई परिसर तानिएको थियो । परिसरमा पनि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन । निगरानीमै थिए ।

प्रतिक्रिया दिनुहोस्