युलेन्स स्कुलको दादागिरी

लकडाउनको बेला यातायात खर्चको बिल



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना महामारीले गर्दा अहिले सबै विद्यालय बन्द रहेका छन् । तर यही बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको पाइएको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि झन्डै अढाई महिना बढी समयको लकडाउने गर्दा सर्वसाधारण जनजीवन कष्टकर बन्दै छ । यस्तो बेला खुमलटारस्थित युलेन्स स्कुलले यातायात शीर्षकमा समेत रकम तोकेर बिल पठाएको हो ।

सो स्कुलले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई पठाएको बिलमा यातायात खर्च शीर्षकमा १० हजार चार सय रुपैयाँ राखिएको छ । वैशाख, जेठ र असार गरी तीन महिनाको भनेर सो रकम जोडिएको हो । तर, लकडाउनका कारण भने विद्यार्थीले एक दिन पनि सो स्कुलको गाडी चढेका छैनन् ।

अभिभावकलाई पठाइएको बिलमा ब्रेकफास्ट, ल्याब शुल्क, फिल्ड ट्रिपलगायत शीर्षकमा पनि रकम तोकिएको छ । युलेन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछानेले विद्यार्थीसँग यातायात शुल्कबापत कुनै रकम नलिएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्