संक्रमितको शव गाड्न खोज्दा पोखरामा तनाव



न्युज अफ नेपाल, पोखरा ।

पोखरामा मृत्यु भएका कोरोना भाइरस संक्रमितको शव व्यवस्थापनमा प्रशासनलाई निकै कठिनाई भएको छ ।कोरोना संक्रमितको शव गाड्न नदिन भन्दै पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानीयले टायर नै बालेर विरोध प्रदर्शन गरेका छन ।स्थानीय प्रशासनले तल्लो गगनगौंडा क्षेत्रमा पर्ने लामतरास्थित सेती नदी किनारमा शव व्यवस्थापनको तयारी गरेको जानकारी पाएपछि घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेका हुन् ।

अन्य क्षेत्रका संक्रमित आफ्नो क्षेत्रमा ल्याएर गाड्न लागिएको भन्दै उनीहरुले आन्दोलन गर्नुपरेको बताएका छन् ।यसअघि पहिलो कोरोना संक्रमितको व्यवास्थापन गर्न पोखराको स्थानीय प्रशासन ठूलो व्यवस्थापन गर्नुपरेको थियो । पोखरा वडा नं. ११ मा शव गाड्न प्रशासनले प्रहरी बल प्रयोग गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्