यस्तो आयो सुशान्तको पोस्टमार्टम रिपोर्ट



न्युज अफ नेपाल, काठमाडौं ।
बलिवुड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम पोस्टमार्टम रिपोर्ट आएको छ । सुशान्तको मृत्युको घटनालाई अनुसन्धान गरिरहेको मुम्बई प्रहरीले पोष्टमार्टम रिपोर्ट प्राप्त गरेको हो ।

उक्त रिपोर्टमा पाँच जना डाक्टरले विश्लेषण गरेका छन् । रिपोर्टमा सुशान्तको मृत्यु ‘अस्पेसिया ड्यु टु ह्याङगिङ’ अर्थात् पासो लगाएका कारण श्वास फेर्न नसकेर मृत्यु भएको पुष्टि भएको छ ।

सुशान्तको भिसेरा रिपोर्ट भने अझै आउन बाँकी रहेको छ । सुशान्तको मृत्युपछि केहीले उनलाई घाँटी थिचेर मारिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्