स्वाभिमानी शैतान



म शैतान हुँ, हो म शैतान हुँ
शैतान भएरै हुर्किएँ

अहम्, घमण्ड र दम्भले भरिपूर्ण तिमी
आफूलाई शुल्तान सम्झन्छौ

मलाइ शैतान
चरम संघर्ष र पीडाले भरिपूर्ण

जीवन गाथा हो मेरो
एक्लो वृहस्पति लडेर चुमेको सफलता मेरो
फोस्रो भाषण र चिल्ला कुरा गर्न नजान्ने म

तिमीभन्दा कयौं गुणा
स्वाभिमानी शैतान हुँ
तिमीले भनेको ठीक हो

तिमी शुल्तान
म आडम्वरमा विश्वास नगर्ने शैतान
न कसैसंग झुक्छु न त कसैसंग डराउँछु

काम गरेरै देखाउने युग पुरुष हुँं
धुलो धुवाँ र कडा परिश्रमलाई साथी बनाउने
म स्वाभिमानी शैतान हुँ

प्रतिक्रिया दिनुहोस्