नछुट्ने भो, रातो मच्छिन्द्रनाथको जात्रा



न्युज अफ नेपाल, ललितपुर ।

कोरोना महामारीका कारण रोकिएको रातो मच्छिन्द्रनाथको रथ निर्माण बुधबार शुरु गरिएको छ ।

कोरोना महामारीले गर्दा यस वर्ष काठमाडौं उपत्यकाका जात्राहरु सम्झनामात्र सीमित बनेको थियो ।यता ललितपुरमा भने लकडाउन खुकुलो भएसंगै क्षमा पुजा गरी बुधबार रथ निर्माण शुरु गरिएको बाराही समाजका अध्यक्ष दिलकुमार बाराहीले जानकारी दिनुभयो ।

लकडाउन खुकुलो भएसंगै क्षमा पुजा गरी बुधबार रथ निर्माण शुरु गरिएको अध्यक्ष  बाराहीले जानकारी दिनुभयो ।अध्यक्ष बाराहीका अनुसार रथ निर्माण सरोकारवाला नेवाः समुदायका विभिन्न जातीय समाजका प्रतिनिधिहरुको बैठकको निर्णय बमोजिम रथ निर्माण शुरु गरिएको हो । सो बैठक ललितपुर महानगरपालिकाको सभाहलमा गत जेठ ९ गते बसेको थियो ।

बुधबार बिहान रथका चार वटा पांग्रा राखेर रथ निर्माण कार्य शुरु गरिएको थियो ।  रथ निर्माण गरिएपनि रातो मच्छिन्द्रनाथको रथारोहण र रथयात्रा अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्