गोदावरी नगरपालिकाको बजेट एक अर्ब ६८ करोड ६५ लाख २२ हजार



न्युज अफ नेपाल, ललितपुर ।

गोदावरी नगरपालिकाको आगामी आ.व. २०७७/०७८ को कुल बजेट एक अर्ब ६८ करोड ६५ लाख २२ हजार हुने अनुमान गरेको छ ।
बुधबार नगरपालिकाको सातौं नगरसभामा सो बजेट प्रस्तुत गरिएको थियो ।

कुल बजेटमध्ये आन्तरिक राजश्वतर्फ १६ करोड, संघीय सरकार समानीकरण अनुदान तर्फ २० करोड २८ लाख, संघीय सरकार राजश्व बाँडफाँड तर्फ १० करोड ९६ लाख ५७ हजार २ सय ९०,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड १२ लाख, प्रदेश सरकार राजश्व बाँडफाड तर्फ ४ करोड १२ लाख ५० हजार, मालपोत राजश्व बाँडफाडवाट २० करोड ६ लाख ४२ हजार ७ सय १०, शर्शततर्फ ६० करोड २९ लाख ७२ हजार, चालु आवको अल्या ३५ करोड रहेको गरी कुल एक अर्व ६ करोड ६५ लाख २२ हजारको आय अनुमान गरेको नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

यसै गरी नगरपालिकाको चालु तर्फ रु. ९५ करोड २९ लाख ७२ हजार र विकास निर्माणलाई गति दिन पूँजीगत नगरस्तरीय योजनातर्फ ३९ करोड ३५ लाख ५० हजार तथा वडास्तरीय योजना तर्फ १४ करोड र चालु आवको साविक योजनाका लागि २० करोड गरी कुल एक अर्व ६८ करोड ६५ लाख २२ हजारको व्यय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्