कोरोना खोप आउन साढे दुई बर्ष लाग्न सक्छ : डब्ल्युएचओ



दुबइ (एजेन्सी)

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भनेको छ, अहिले सम्म जसले जे दावी गरेको भएपनि त्यसतो कुनै खोप बनेको छैन, जसलाई कोरोना भाइरस खोप नाम दिन सकोस ।

कोरोना भाइरसको कहरसँग लडिरहेको विश्वलाई बचाउन वैज्ञानिकहरु दिन रात यो विश्व महामारी विरुद्धको खोप बनाउन जुटिरहेका छन् । कयौं देशका वैज्ञानिकहरुले उनीहरुले कोरोना भाइरसको खोप बनाएको दावी पनि गरिरहेका छन् ।

यसबीच दुबईमा आयोजित विश्व सरकार सम्मेलनमा डब्ल्युएचओका विशेष दुत डाक्टर डेविड नाबारोले विश्वमा सबैलाई खोप पुर्याउन साढे दुई बर्ष लाग्न सक्ने बताए ।

यदि यो बर्षको अन्त्यसम्ममा खोप आउँछ भने पनि सुरक्षा र प्रभाव जाँच्नका लागि केही समय लाग्ने बेलायतका चिकित्सकहरुले बताएका छन् । त्यसपछि मात्र सबैका लागि यो पुर्याउन ठुलो परिमाणमा उत्पादन गर्ने प्रयास र खोप अभियान कार्यक्रम आयोजना गर्नु पर्ने हुन्छ ।

उनले भने ( मलाई खुसी हुनेछ , यदि म गलत सावित भएँ भने । यसबीच संयुक्त राष्ट्र् एड्स एजेन्सीले कोरोना महामारीले गर्दा विकासशील देशमा एड्सको औषधी आपुर्तिमा अवरोध आउन सक्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसको महामारी रोक्न लागु गरिएको लकडाउन र सीमा बन्द गर्ने फैसलाले औषधीको उत्पादन र वितरण दुबै प्रभावित भइरहेको छ, जसले आगामी दुई महिनामा औषधीको मुल्य बृद्धी र कमी दुबै समस्या आउन सक्ने एजेन्सीले जनाएको छ ।

डेक्सामेथासोनलाई लिएर डब्ल्युएचओको चेतावनी

डक्सामेथासोनलाई लिएर विश्व स्वास्थ्य संगठन प्रमुखले यसको उपयो क्लिनिकल निगरानीमा मात्र कोरोना भाइरसका गम्भिर रोगीमाथि गर्न पर्ने बताएको छ ।

यो औषधीले सामान्य रोगीलाई कोरोना भाइरस मुक्त गर्न सक्छ भन्ने कुनै प्रमाण नभएको उनले बताए । अझ यसले नोक्सान पुर्याउन सक्ने समेत उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्