बलिउड अभिनेता सुशान्त राजपुतको आत्महत्यापछि उनको कुकुरको पनि मृत्यु !



मुम्बई,एजेन्सी ।

बलिउडका चर्चित युवा अभिनेता सुशान्त सिंह राजपुतले झुण्डिएर आत्महत्या गरेपछि उदास बनेको उनेको पाल्तु कुकुरको पनि मृत्यु भएको छ । अभिनेता राजपुतको मृत्युपछि उक्त कुकुर अत्यन्तै उदास र बिक्षिप्त रहेको बताईएको छ ।

राजपुतको आत्महत्यापछि उनको तस्वीर हेरेर आँसु खसालिरहेको कुकुरको भिडियो पनि सामाजिक सञ्जालमा भाईरल बनेको थियो ।फ्युज नाम गरेको उक्त कुकुरले सुशान्तको मृत्युपछि खाना नै नखाएर प्राण त्यागेको बताईएको छ । आफ्नो मालिकको अभावमा बिक्षिप्त बनेको फ्युज लगातार चिन्तित मुद्रामा रहने गरेको थियो । यद्यपी  कतिपय मिडिया एजेन्सीहरुले भने उक्त विवरण सही नभएको भन्दै समाचार छापेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्