बाछिटा



नारायण खनाल, मालारानी-३, अर्घाखाँची ।

खेल भो
न्याय माथि नै
झेल भो

भाकेर
ढुकुटी लुटे
ताकेर

झेलले
बगायो खेत
भेलले

भागेर
चल्दैन देश
मागेर

बेलमा
तागत ठूलो
मेलमा

सपना
समृद्धि फुल्न
देशमा

अभए
नक्सा बदल्ने
समय

रेलको
कुरा नगरौं
झेलको

मानियो
सच्चाइ यही
जानियो

वहमा
दुखका आँसु
गहमा

छायाको
अधर प्यारो
मायाको

जमाउ
प्रगति रेखा
समाउ

धाउनु
कर्तव्य चुम्न
आउनु

उन्दैछु
मायाको जाल
बुन्दैछु

हँसिलो
एकता हाम्रो
कसिलो

मानिन्छ
देशको हित
छानिन्छ

कुर्लँदो
छातिमा माया
उर्लँदो

बादल
बज्यो आकासे
मादल

भोगले
छिन्दछ प्राण
रोगले

जूनको
सम्मान हुन्छ
गुनको

नाच्दछु
धरमा प्रित
गाँस्दछु

प्रतिक्रिया दिनुहोस्