सांसद विकासको रकम खर्च नभएमा कोरोनाको कोषमा



न्युज अफ नेपाल, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद विकास कोष ) को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने बाटो खुलेको छ ।
२ असार मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेको हो । यसअनुसार स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै कार्यक्रमका लागि आर्थिक वर्ष २०७६र०७७ मा छुट्याएको रकम बचत भएको भए निर्देशक समितिका संयोजक (निर्वाचित सांसद)ले अरु सदस्यसँग परामर्श गरेर सम्बन्धित स्थानीय तहको कोभिड कोषमा जम्मा गर्न सक्नेछन् ।
यस्तो रकम असार १५ सम्म जम्मा गरिसक्नुपर्नेछ । यसले कोभिड–१९ सँग सम्बन्धित स्रोतको समस्यालाई हल गर्न सहयोग गर्नेछ’ अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्