सर्पले डस्दा बालकको मृत्यु



बैतडी

सर्पले डसेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–२ कर्पतका गोरखबहादुर चन्दका डेढ वर्षीय छोरा विशाल चन्द रहेका छन् ।

विशाललाई मंगलबार राति घरभित्र सुतिरहेका अवस्थामा ओछ्यानमै सर्पले डसेको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

राति २ बजे बालकको दायाँहातमा डसेको र उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्