कारागारबाट फरार कैदी पक्राउ



लमजुङ, (नेस)

लमजुङको बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका कैदी लोकबहादुर भन्ने वर्ष २७ का दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बेंसीशहर नगरपालिका–२ स्थित मस्र्याङ्दी नदीकिनारमा लुकेर बसेको अवस्थामा उनलाईलाई फेला पारी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको उहाँको भनाइ छ । राइनास नगरपालिका–१० कोके गाउँ घर भएका परियारले विसं २०६९ पुस२२ गतेदेखि कर्तव्य ज्यान मुद्दामा कारागार सजाय भोग्दै आएका छन् । लमजुङ जिल्ला अदालतले परियारलाई २० वर्षको सजय तोकेको थियो ।

कैदी परियार २०७६ साल जेठ १९ गतेबाट चौकीदारका रूपमा रहँदै आएका थिए । लमजुङको एकमात्र जिल्ला कारागारमा २५ जनाको क्षमता रहे पनि हाल ७३ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्