लकडाउनमा अन्डरवेयर बेचेरै मालामाल



म्याड्रिड, (एजेन्सी) । 

कुनैबेला कुशल ब्याले नर्तक बन्ने सपना देखने गरेकी स्पेनका ३६ वर्षिया महिला याएला भोन्कले लकडाउनकाबेला शुरु गरेको अलि अश्लिल देखिने क्यारियरले उनलाई मालामाल बनाएको छ । हेग स्थित प्रतिष्ठित रोयल कन्जर्भेटरी अफ ब्यालेटमा अध्ययन गरेकी उनको अनौठो खाले पेशाले कोराना भाइरसकोे लकडाउनकोबेला पनि मासिक ७५ हजार पाउन्ड कमाउन सहयोग गरेको छ ।

नाच्न छोडेकी उनले सेक्सी तस्वीरहरु खिचाएर बेचन थालेकी हुन् । साथै उनले अनलाइनमा आफ्नो अन्डरवियरको पनि व्यापक प्रयोग गर्न थालेकी छन् ।

यसरी रातारात कमाएको पैसाबाट घर किन्ने योजनामा रहेकी भोन्क खुशी हुँदै भन्छिन् , ‘ मेरा प्रशंसकहरु मैले प्रयोग गरिसकेका अन्डरवियर , मोजा र गन्हाउने स्पोर्टस सुज समेत किन्न मन पराउँछन् । तस्वीरमा जति बढि सेक्सी देखियो उति बढि तस्वीर बिक्रि हुने । मलाई वासिंग मेसिनको पनि आवश्यकता छैन । लुगा मैलो भएपछि बेच्ने र नयाँ लुगा किनेर ल्याउने । ब्याले नृत्य सिक्दा शरिर निकै लचकदार भएको फाइदा उठाइ रहेकी छुं । किन भने मेरा प्रशंसकहरु मलाई योगाका उत्ताउला पोजहरु दिन कर गरिरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्