सुशान्तबारे एकता कपूरको रहस्योदघाटन



नयाँँदिल्ली,(एजेन्सी) ।

हालै एकता कपुरले आफ्नो लोकप्रिय कार्यक्रम ‘ पवित्र रिश्ता ’ बारे इन्स्टाग्राम मार्फत एउटा रोमान्चक कथाको रहस्योद्घाटन गरेकीछन् । यहि कार्यक्रम मार्फत हालै आत्महत्या गरेका सुशान्त सिंह राजपुत रातारात चर्चित हुन पुगेका थिए ।

मुम्वईको वान्द्रास्थित आफ्नै निवासमा ३४ वर्षीय कलाकार सुशान्त भुण्डिएको अवस्थामा भेटिएको थियो । घरेलु कामदारले देखेपछि प्रहरीलाई घटनाबारे सुचित गरेका थिए । एकताले आफ्नो इन्स्टाग्राम पोष्टमा सुशान्तले गरेको टिप्पणी स्क्रिन सट सहित सम्झना स्वरुप ट्विटरमा सेयर गरेकीछन् ।

त्यसमा सुशान्त र उनकी पूर्व सहकर्मि कलाकार अन्किता लाखोन्डेबिचको रोमान्टिक क्षणका छोटो क्लिप समेटिएको छ ।

एकताले रहस्य खोलेकी छन् , ‘ टिमका अरु सिर्जनशिल सदस्यहरुले काइ पो छे स्टारलाई सोको मुख्य भुमिका दिन चाहेका थिएनन् । म आफैंले त्यसका लागि तिनीहरुलाई विश्वस्त पारेको थिएं । ’ सुशान्तले एकताको पोस्टलाई तत्कालै जवाफ दिँदै लखेको पाइएको छ , ‘ म सदा तपाई प्रति कृतज्ञ रहनेछुं , म्याडम । ’

प्रतिक्रिया दिनुहोस्