इटालीमा बस्ने होे ? १ पाउन्डमा घर पाइन्छ



रोम ।

कोरोना संक्रमण सँधै रहला, त्यस्तो त नहोला । यदि तपाई इटालीको सुन्दरतामा मोहित हुनु भएको छ र कोरोना भाइरसबाट टाढा बस्न चाहनु भएको छ भने तपाईका लागि राम्रो अवसर छ ।

इटालीको एक कोरोना भाइरस मुक्त गाउँमा मात्र एक पाउन्डमा घर पाईने भएको छ । यो गाउँको नाम सिन्क्युफोन्डी हो । यो इटालीको दक्षिणी क्षेत्र कलाब्रियामा पर्छ । कोरोना भाइरसको गढ रहेको इटालीका कयौं इलाकामा अत्यन्त कम मुल्यमा घर पाईने गरेको छ ।

इटालीका नेताहरुले गाउँमा आवादी बढाउन अत्यन्त सस्तोमा सम्पत्ती उपलब्ध गराइरहेका छन् ताकी यसले गाउँमा बस्न प्रेरित गरोस । मेयर मिसेल कोनियाले भने, सबैभन्दा राम्रो कुरा भनेको यो गाउँमा कोरोना भाइरसको एउटा पनि संक्रमित पुष्टि भएको छैन । सिन्क्युफोन्डी गाउँबाट मात्र १५ मिनेटको दुरीमा समुद्री तट छ ।

प्राकृतिक सुन्दरताले भरिपुर्ण भएपनि यो गाउँ अहिले खाली छ । खाली रहेका घरका लागि मालिक खोज्ने हाम्रो अपरेसन ब्युटीको हिस्सा हो । यो अभियानलाई हामी बर्बाद भइसकेका घरमा पुन बसाउनका लागि शुरु गरेका हौं । मेरो पालन पोषण जर्मनीमा भएको थियो तर म आफनो जमीन बचाउन फर्केको छु , उनले भने ।

कोनियाका माता पिता जर्मनी गएका थिए । हामी नयाँ मालिकबाट एक प्रकारको निश्चितता चाहन्छौं । पोलिसी शुल्क अत्यन्त कम छ र घरलाई पुन मर्मत सम्भार गर्न १० हजार देखि २० हजार युरो खर्च लाग्छ । यी घर पहिला किसान र कलाकारहरुको थियो । यहाँ घर किन्नेले पहिला एक पाउन्ड दिएर आफनो सम्पती सुरक्षित गर्नु पर्नेछ । त्यसपछि घर सिंगार्न २ सय २४ युरो बिमाका लागि बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्