छोटो छ जिन्गदीको तारिफ



गायक भूपु पाण्डे र हास्य टेलिश्रृंखला सक्कि गो नीकी सिर्जना अर्थात् उषा उप्रेतीको गीत छोटो छ जीन्दगीलाई दर्शकले तारिफ गरेका छन्। गीतको उत्कृष्ट शब्द संगीत र भिडियो बनेको भन्दै गीतको विशेष प्रशंसा भएको हो।

नारायण नेपालीको शब्द रहेको गीतमा संगीत तथा स्वर भूपु पाण्डे र मेलिना मैनालीको स्वर रहेको छ। गीतको भिडियोमा वैदेशिक रोजगारीले दम्पती जीवनमा ल्याएको विछोडलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ।

गायक भूपु र उषाको अभिनय रहेको म्युजिक भिडियोको कथा, कन्सेप्ट तथा निर्माण गायक स्वयम् को रहेको छ भने सागरबाबु भट्टले डेब्यु निर्देशन गरेका छन्। नेपालकै आछाम तुल्तादेखि भारतको राजस्थान सम्मको स्थललाई भिडियोमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्