कोरोना खोप विकासमा चीनलाई ठुलो सफलता



बेइजिंंग (एजेन्सी) ।

कोरोना भाइरसको खोप विकासमा लागेको चिनियाँ कम्पनी सिनोवेक कायोटेकले उसको खोप कोरोनाभ्याकको पहिलो र दास्रो चरणको क्लिनिकल परीक्षणको नतिजा सकारात्मक आएको जनाएको छ । वुहान इन्स्टिच्युट र वेइजिंग इन्स्टिच्युट फरक फरक खोपको उत्पादनका लागि प्लान्टको विस्तार गरिरहेका छन् ।

खोप विकसित गर्ने क्रममा पहिलो र दास्रो क्लिनिकल परीक्षणको सकारात्मक प्रारम्भिक परिणामको घोषणा गर्दै बेइजिंग स्थित उक्त कम्पनीले रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्ने दावी गरेको छ । यो खोपको परीक्षणका लागि १८ देखि ५९ उमेर वर्गका कुल ७ सय ४३ स्वस्थ स्वयंसेवकलाई चयन गरिएको थियो ।

विज्ञप्तीमा ती मध्य १ सय ४३ जना पहिलो चरणमा र ६ जना दोस्रो चरणमा सहभागी भएको उल्लेख गरिएको छ । परीक्षणमा सहभागीहरुलाई दुई खोप दिइएको थियो र १४ दिनसम्मको निगरानीमा उनीहरुमा यसको कुनै दुष्प्रभाव नदेखिएको कम्पनीले बताएको छ । दास्रो चरणको अध्ययन रिपोर्ट र तेस्रो चरणको क्लिनिकल अध्ययन प्रोटोकल चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनलाई चाँदै सुम्पने अपेक्षा कम्पनीले गरेको छ ।

सिनोवेकका अध्यक्ष तथा सीईओ वेइदोंग यिनले पहिलो र दोस्रो चरणको अध्ययनले कोरोनाभ्याक सुरक्षित रहेको र यसले प्रतिरोधात्मक क्षमता बढाउन सक्ने नतिजा दिएको बताए । क्लिनिकल अध्ययन पुरा हुनु कोविड १९ विरुद्धको लडाइमा हासिल गरेको अर्को महत्वपुर्ण उपलब्धी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्