बेइजिङ्मा कडा लकडाउन



बेइजिङ, (एजेन्सी)
चीनको राजधानी बेइजिङमा पहिलोपटक कोरोना भाइरस देखिएको करिब पचास दिनपछि त्यहाँको एक क्षेत्रमा कडा लकडाउन लागू गरिएको छ । बेइजिङको सबैभन्दा ठूलो थोक बजारमा महामारी जोडिएको हो ।

सिन्फादी बजारमा ५ सय १७ जना व्यक्तिमाथि गरिएका परीक्षणबाट ४५ जना कोभिड १९ पोजिटिभ भेटिएका छन् । तर तिनीहरुमध्ये कसैमा भाइरसको लक्षण भने देखिएको छैन ।

उक्त थोक बजारनजिकका ११ स्थानमा कडा लकडाउन लागँ गरिएको छ । साथै सो बजारका १० हजार कर्मचारीको स्वास्थ्य परीक्षण गरिने भएको छ । थोक बजार रहेको फेंगताइ जिल्लामा अहिले युद्धकालीन संकटकालको स्थिति सिर्जना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्