लगाइएका अन्डरवियर बेच्दै मालमाल



म्याड्रिड,(एजेन्सी)

कुनैबेला कुशल ब्याले नर्तक बन्ने सपना देखने गरेकी स्पेनका ३६ वर्षीया महिला याएला भोन्कले लकडाउनका बेला शुरु गरेको अलि अश्लिल देखिने क्यारियरले उनलाइृ मालामाल बनाएको छ । हेग स्थित प्रतिष्ठित रोयल कन्जर्भेटरी अफ ब्यालेटमा अध्ययन गरेकी उनको अनौठो खाले पेशाले कोराना भाइरसकोे लकडाउनको बेला पनि मासिक ७५ हजार पाउन्ड कमाउन सहयोग गरेको छ ।

नाच्न छोडेकी उनले सेक्सी तस्वीरहरु खिचाएर बेचन थालेकी हुन् । साथै उनले अनलाइनमा आफ्नो अन्डरवियरको पनि व्यापक प्रयोग गर्न थालेकी छन् ।

यसरी रातारात कमाएको पैसाबाट घर किन्ने योजनामा रहेकी भोन्क खुशी हुँदै भन्छिन्- ‘मेरा प्रशंसकहरु मैले प्रयोग गरिसकेका अन्डरवियर, मोजा र गन्हाउने स्पोर्टस सुज समेत किन्न मन पराउँछन् । तस्वीरमा जति बढि सेक्सी देखियो उति बढि तस्वीर बिक्रि हुने । मलाई वासिंग मेसिनको पनि आवश्यकता छैन । लुगा मैलो भएपछि बेच्ने र नयाँ लुगा किनेर ल्याउने । ब्याले नृतय सिक्दा शरिर निकै लचकदार भएको फाइदा उठाइ रहेकी छुं । किन भने मेरा प्रशसकहरु मलाई योगाका उत्ताउला पोजहरु दिन कर गरिरहन्छन् । ’

 

प्रतिक्रिया दिनुहोस्