दिल्लीमा कोरोना नियन्त्रण बाहिर !



काठमाडौँ ।

भारतको केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रिय राजधानी दिल्लीमा कोरोना भाइरसको अवस्थाको समीक्षा गर्न आज राज्यका सबै राजनीतिक दलहरूको बैठक बोलाएका छन्।

यस बैठकमा भाजपा, कांग्रेस र सत्तारुढ आम आदमी पार्टीका राज्यस्तरीय नेताहरू उपस्थित रहनेछन्।

दिल्लीमा कोविड १९ बाट सक्रमितको संख्या ४१ हजार भन्दा बढि पुगेको छ। महामारीले १ हजार २०० भन्दा बढी मानिस मरिसकेका छन।

बढी प्रभावित क्षेत्रहरूमा घर–घर चौबाटो आदिमा विस्तृत स्वास्थ्य सर्वेक्षण गरिने बनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्