पूर्वमेनेजर दिशापछि बलिउड अभिनेता सुशान्त सिंहद्वारा आत्महत्या



लोकप्रिय बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्। बीबीसीको अनलाइन सेवाका अनुसार सिंहले बान्द्रास्थित निवासमा झुन्डिएर आत्महत्या गरेका हुन्। उनको आत्महत्याको कारण खुलेको छैन।

टेलिभिजनबाट आप्नो करियर शुरु गरेका सुशान्तले केही समययता आएर ठूलो पर्दाका फिल्ममार्फत आप्नो उपस्थिति बढाउँदै आएका थिए। उनले किस देश में है मेरा दिल नामक सिरियलबाट आप्नो अभिनय करियर शुरु गरेका थिए।

काय पो छेबाट फिल्मी करियर शुरु गरेका सुशान्तले अमिर खानको सुपरहिट फिल्म पीकेमा समेत काम गरेका थिए। उनको चन्दा मामा दुरके नामक फिल्म आउनेवाला थियो। तर बजेटको समस्याका कारण उनको फिल्मको सुटिङ पूरा हुन पाएको थिएन। १० दिनअगाडि सुशान्तले इन्स्टाग्राममा आमाका साथ फोटो सेयर गरेका थिए।

बिहारको पटनामा २१ जनवरी १९८६ मा जन्मिएका उनी मध्मवर्गीय परिवारका थिए। उनले थुप्रै संघर्षपछि बलिउडको यात्रा अगाडि बढाएका थिए। उनका पिता पूर्णियमा खेती गर्छन् भने काका नीरजकुमार बब्लुु बिहारमा बीजेपीका विधायक छन्। सुशान्तले इन्जिनियरिङको पढाइ पूरा गरेपछि अभिनयको सपना पूरा गर्न यसतर्फत पाइला अगाडि बढाएका थिए।

अभिनय क्षेत्रमा आउनुअगाडि सुशान्त कोरस डान्सर थिए। तत्पश्चात् किस देश में है मेरा दिल नामक सिरियलका लागि ब्रेक पाएका थिए। त्यसपछि पवित्र रिश्ताले उनलाई घरमा घरमा लोकप्रिय बनाइदिएको थियो।

सफलतालाई चुम्दै जाँदा सुशान्तले डान्स रियालिटी शो जरा नाच के दिखा र झलक दिखला जामा स्पर्धा गरेका थिए। यी प्रतियोगितामा भिडेपछि सुशान्तले ठूलो पर्दाका फिल्म पाएका थिए। उनले काय पो चे नामक फिल्ममा एउटा महत्वपूर्ण भूमिका पाएका थिए। त्यसपछि उनको करियरको ग्राफ माथि चढ्दै जान थालेको थियो। त्यस क्रममा सुशान्तले एकपछि अर्को गर्दै थुप्रै हिट फिल्म दिँदै आएका थिए।

शुद्ध देसी रोमान्स, पीके, एम एस धोनी, केदारनाथ उनका हिट फिल्म हुन्। उनको प्रेम जीवन भने फिल्मी करियरजस्तो सफल हुन सकेन। शुरुआतमा उनी पवित्र रिश्ताकी आप्नो कोस्टार अंकिता लोखांडेका साथ सम्बन्धमा थिए। पछि उनीहरुबीच ब्रेकअप भएको थियो। सुशान्त फिल्म क्षेत्रमा सफल भएपछि यी दुईबीच दँरी बढेको बलिउडमा चर्चा चलेको थियो।

संयोग नै भन्नुपर्छ केही दिनअघि सुशान्तको पूर्वमेनेजर रहिसकेकी दिशा सालियनको पनि एक भवनबाट खसेर निधन भएको थियो। त्यो उनको आत्महत्या भएको मानिएको थियो। समाचारमा उल्लेख गरिएअनुसार त्यसबखत दिशा नशाको हालतमा थिइन्। ‘यो एकदमै हताश बनाउने खबर हो।

दिशाको परिवार र दोस्तलाई मेरो तर्फबाट गहिरो समवेदना। मे योर सोलरेस्ट इन पिस’ दिशाको निधनमा सुशान्तले लेखेका थिए।

प्रतिक्रिया दिनुहोस्